मिडिया बहुलवादप्रति सरकार सदैव प्रतिबद्ध छ: मन्त्री कार्की

काठमाडाैं | साउन ११, २०७९

मिडिया बहुलवादप्रति सरकार सदैव प्रतिबद्ध छ:  मन्त्री कार्की

 

काठमाडौँ:   सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले राष्ट्रिय समाचार समिति (रासस) ले व्यावसायिक पत्रकारिताको सिद्धान्त, मूल्य, मान्यता र मूल मर्मबाट विचलित नभईकन आफ्नो ऐतिहासिक गरिमालाई अझ अभिवृद्धि गर्दै लैजाने  विश्वास व्यक्त गर्नुभएको छ । 

    

राससको भद्रकालीस्थित केन्द्रीय कार्यालयको नवनिर्मित भवन उद्घाटन समारोहलाई आज सम्बोधन गर्दै  उहाँले राससले सदैव समाचार समिति क्षेत्रको एउटा अग्रणी संस्थाका रुपमा आफूलाई अगाडि बढाउनुपर्नेमा जोड दिनुभयो ।  

    

सरकारका प्रवक्ता कार्कीले भन्नुभयो, “नागरिकको सूचना पाउने संवैधानिक हकलाई सम्मान गर्दै सूचनामा आम नागरिकको पहुँचलाई अभिवृद्धि गर्न राससलगायत अन्य सञ्चारमाध्यमलाई अहिले विशेष चुनौती छ, छिटो सूचना दिने नाउँमा मिथ्या सूचना प्रवाह गर्दा त्यसले समाजलाई पार्ने नकारात्मक प्रभावतर्फ पनि हामी सजग हुनुपर्छ ।” 
    
    

उहाँले राससको नवनिर्मित भवनले समग्र कार्य प्रणाली र सेवा प्रवाहलाई अझ महत्वपूर्ण, प्रभावकारी र समयानुकूल बनाउन उल्लेख्य योगदान गर्ने विश्वास व्यक्त गर्दै विगत ६ दशकदेखि नेपालमा राससले विश्वसनीय सूचना प्रवाह गर्ने संस्थाका रुपमा आफूलाई स्थापित गरेको बताउनुभयो । मन्त्री कार्कीले ठूलो भवनसँगै राससले दक्ष जनशक्ति, आधुनिक उपकरण र सामग्रीको बदलिँदो परिवेशअनुरुप समाचार सामग्री प्रस्तुत गर्न सफल हुने  विश्वास व्यक्त गर्दै राससको समग्र विकासमा सहयोग र सहजीकरण गर्न सरकार सदैव तयार रहेको जानकारी दिनुभयो ।  

  

 उहाँले भन्नुभयो, “आम नागरिकमा अहिले मिडिया उपभोग, सञ्चार प्रविधिमा नयाँ नयाँ प्रयोग भरहेको छ, त्यस अनुसारको आम नागरिकको मनोविज्ञानमा पनि परिवर्तन आएको छ,  त्यो परिवर्तनलाई पनि आत्मसात् गर्दै समयानुकूल सूचना प्रणालीलाई स्थापित गरेर अगाडि बढाउनका निम्ति अहिलेको परिवर्तित अवस्थामा राससले महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्छ ।” 

  

 विचार तथा अभिव्यक्ति स्वतन्त्रता प्रेस स्वतन्त्रता र मिडिया बहुलवादप्रति वर्तमान सरकार सदैव प्रतिबद्ध रहेको बताउँदै उहाँले स्वच्छ र सत्यतथ्य आलोचनाले प्रजातन्त्रलाई  बलियो बनाउने विश्वास व्यक्त गर्नुभयो । 
    
  

 सुशासन र दिगो विकासको लक्ष्य प्राप्त गर्न स्वच्छ, सत्यतथ्य, सिर्जनशील र व्यावसायिक पत्रकारिता आजको आवश्यकता भएको जनाउँदै उहाँले सरकारले संविधानले परिकल्पना गरेको नागरिकको स्वतन्त्रता, अभिव्यक्ति स्वतन्त्रतालाई संरक्षण र संवद्र्धन गर्दै खुल्ला र स्वतन्त्र समाज निर्माण गरेर दक्षिण एसियामा नै उदाहरणीय मुलुकका रुपमा आफूलाई स्थापित गर्ने सरकारको लक्ष्य रहेको बताउनुभयो ।

पर्यटन व्यवसायी कर्ण शाक्यले पोखरा लेकसाइडमा सञ्चालित आफ्नो होटलले फेवातालको जग्गा नमिचेको दाबी गरेका छन् ।   शनिबार महानगरपालिकाले आफनो होटलको संरचना भत्काएपछि प्रष्टीकरण दिंदै शाक्यले होटलले कुनै ...

थप पढ्नुहोस्

कास्की जिल्लाको मिजुरेडाँडा आसपास केन्द्रविन्दु भएर भूकम्प गएको छ ।   राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार आज बिहान ८ः३४ मिनेट जाँदा कास्की जिल्लाको मिजुरेडाँडा आसपास केन्द्रविन्दु...

थप पढ्नुहोस्

पोखरा ।   नेपाल चेम्बर अफ कमर्सको हीरक जयन्तीको अवसरमा पोखरामा अन्तर्राष्ट्रिय व्यवसाय अनुभव सम्बन्धी अन्तरक्रिया सम्पन्न भएको छ ।    चेम्बर अफ कमर्सका सदस्य व्यवसायीहरूलाई अन्तर्राष्ट्रिय बजार...

थप पढ्नुहोस्